Contact Event Organizer
Let's #SAVEJAJARKOT जाजरकोट बचाऔँ
3:00 pm Thursday April 23, 2015 to 6:00 pm Thursday April 23, 2015
Basantapur, Kathmandu, Central Region, Nepal
Let's #SAVEJAJARKOT जाजरकोट बचाऔँ
उनीहरु मरिरहेका छन् हरेक दिन ! हामी मिलेर के गर्न सक्छौ जाजरकोटको लागि ??...समाचार पढ्नी, दुखी हुनी, नेतालाई गाली गर्ने बाहेक !
** अहिले हामीले सरकारलाई सक्दो दबाब दिनु जरुरी छ l त्यसका लागि आउने बिहिबार ३ देखि ६ बजेसम्म बसन्तपुरमा हामी हस्ताक्षर संकलन गर्दै छौ र सरकारलाई पठाउदै छौ l
तर विहीबारसम्म अझ माहामारी फैलन सक्छ अझै ज्यानहरु जान सक्छ, त्यसैले त्यो अघि नै हामी social media बाट अरु तल लेखिएको जस्तै दबाबहरु दिनसक्छौ l
१. एउटा पानामा #savejajarkot सहित आफ्नो मेसेज राखेर फोटो खिचेर यो event page ma post गर्नुहोस् l हामी त्यो सबै फोटोको भिडियो बनाउछौ र सरकारलाई अझ बढी दबाब दिनेछौ l
२. सरकारको सक्दो ध्यानाकर्षणको लागि सिंहदरबार तथा स्वास्थ मन्त्रालयलाई धेरै भन्दा धेरै पत्र लेखेर पठाऔ, सुझाब दिएर पठाऔ, छिटो भन्दा छिटो यो समस्या हल गर्नको लागि l
Office of the Prime Minister and Council of Ministers
Singh Durbar
Kathmandu, Nepal
P.O. Box: 23312
**. यदी पैसाको कमीले गर्दा डाक्टरहरु र औषधि जाजरकोटसम्म नपुगेको हो भने त्यसको लागि सबै मिलेर पैसा उठाउन थाल्न नि सक्छौ l यसको लागि केही निश्चितकुरा fix भएपछी post गर्नेछौ l
यदी तपाईलाई अरु केही गर्नसकिन्छ भन्ने सल्लाह सुझाब छ भने दिनुहोला l
नोट: यो अभियान केही युवाहरुले हामी आफै केही गर्नसक्छौ कि भनेर थालिएको voluntary अभियान हो l हामीलाई विश्वास छ हामी सबै मिल्यौ भने केही न केही सकारात्मक कुरा अवश्य हुनेछ l
यदी तपाइलाई जाजरकोटमा के हुदैछ त्यो बारेमा अनभिज्ञ हुनुहुन्छ भने पत्रपत्रिका बाट साभार गरिएका समाचार यहाँ तल राखिएको छ :
"प्रकोप नियन्त्रणमा रहेको दाबी गरिन्छ, तर गाउँघरको अवस्थाले त्यस्तो देखाउँदैन । शनिबारसम्म २४ जनाको मृत्यु भइसकेको छ ।
तीन सातादेखि यहाँ फैलिएको मौसमी रुघाखोकी र स्वाइन फ्लुको महामारी नियन्त्रणमा ढिलाइ भएको छ । अर्छानीबाट सुरु भएको प्रकोप १० गाविसमा फैलिइसक्दा पनि सरकारी निकायहरू गम्भीर भएका छैनन् । जिल्ला जनस्वास्थ्य कार्यालयले यसलाई सामान्य समस्या भनेर गलत रिपोर्टिङ गरिरहेको छ ।
'स्वास्थ्यकर्मीसमेत बिरामी परेर सदरमुकाम लगिएको छ । अरू बिरामीको झन् बेहाल छ,' रोकायले भने ।
गाउँ-गाउँमा बिरामीको संख्या घटेको छैन । बिरामीको चाप, चिकित्सक र औषधिको आवश्यकता कहाँ के कति छ भन्ने विषयमा सरकारी निकाय बेखबर छ । हतार र हचुवामा औषधि पुर्याउने र स्वास्थ्यकर्मी परिचालन गर्ने काम भइरहेको नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष जनक केसीले बताए । बिरामी भएको ठाउँतर्फ औषधि र चिकित्सक नपुग्दा प्रकोप नियन्त्रणमा ढिलाइ भएको उनको भनाइ छ ।"
For more info: http://facebook.com/388971487955932
Basantapur, Kathmandu, Central Region, Nepal DD/MM/YYYY
end date: 6:00 pm, Thu Apr 23, 2015
Basantapur, Kathmandu, Central Region, Nepal
Related Events
-
Annapurna Base Camp TrekkingP.O.Box: 23044, Thamel, Kathmandu, Nepal
Sun, 1 September, 2019 -
Samyang Presents Namaste Eid 2019 at Labim MallSat, 8 June, 2019 -
Gahana Khojne (Tudaldevi Jatra)Sat, 20 April, 2019 -
Bisket Jatra of Madhyapur ThimiMon, 15 April, 2019 -
Celebrate Bisket Jatra at The Yeti Guest HouseTaumadhi, Bhaktapur
Wed, 10 April, 2019 -
Cleaning, Painting & Gardening program of Island of ChaubiskothiWed, 20 March, 2019
Upcoming Events
-
SAMSUNG DIGITAL PLAZA - DURBARMARG
Wed, 24 August, 2022 -
Birds of Kathmandu: A webinar with Bird Conservation NepalSun, 5 July, 2020 -
Free creative story writing workshopSun, 7 June, 2020 -
Kusma Bungee JumpKusma
Sun, 12 April, 2020 -
Yoga teacher training in IndiaKranti Yoga Village Beach Resort, H. No. 135, Patnem Beach, Canacona Goa, India 403702.
Wed, 30 September, 2020 -
MahashivratriNightChapakot ,Pokhara Nepal, Unity Eco Village Chapakot Pokhara
Fri, 21 February, 2020