Contact Event Organizer
नेपाली टोपी अभियान 'Nepali Topi Abhiyan'
7:00 am onward Friday January 1, 2016
Maitighar Mandala, Kathmandu, Central Region, Nepal
नेपाली टोपी अभियान 'Nepali Topi Abhiyan'
‘नेपाली पोशाक लगाऔं, राष्ट्रियता जोगाऔं’
जनवरी १ लाई नेपाली पोशाक दिवसका रुपमा मनाऔं
‘नेपाली पोशाक लगाऔं, राष्ट्रियता जोगाऔं’ भन्ने नारासहित सदा झै यो वर्ष पनि जनवरी १ लाई नेपाली पोशाक लगाउने दिनका रुपमा मनाउन लागिएको जानकारी गराउन चाहन्छौं ।
नेपाल र नेपालीहरुको राष्ट्रियता संकटमा पर्न थालेको आम नेपालीहरुले महशुस गरिरहेका छन् । अझ त्यसमाथि भर्खरै मात्र जारी भएको नेपालको संविधानप्रति असन्तुष्टी जनाउदै भारतले नेपालप्रति तीन महिना अघिदेखि अघोषित नाकावन्दी लगाउदै आएको छ । छिमेकी राष्ट्र भारतको यस्तो रवैयाप्रति आम नेपालीले असन्तुष्टी जनाउदै राष्ट्रियता जोगाउने र आत्मनिर्भर हुने अभियान चलाउदै आएका छन् । यसै क्रममा हामीले राष्ट्रिय पोशाकको प्रयोग गरी राष्ट्रियपन झल्काउन र यसको जगेर्ना गर्नका लागि जनवरी १ लाई नेपाली पोशाक लगाउने दिनका रुपमा मनाउने प्रयास गरेका छौ ।
यस दिन जसले जहाँबाट जे सकिन्छ नेपाली राष्ट्रियता झल्काउने पोशाक लगाएर अभियानमा समर्थन जनाउन र राष्ट्रियताका लागि केही ऊर्जा प्रदान गर्न हार्दिक आग्रह गर्दछौं । हुन त वर्षको एकदिन राष्ट्रिय पोशाक लगाएर सामाजिक संजालमा फोटो अपलोड गर्दैमा राष्ट्रियता जोगिन्छ भन्ने होईन तर राष्ट्रियता संकटमा पर्न थालेको वर्तमान अवस्थामा यसले केही मात्रामा भए पनि टेवा पु¥याउने अपेक्षा गरिएको छ ।
त्यसैले राष्ट्रप्रेमी नेपालीहरुले आ आप्mनो ठाउँबाट (देश विदेश÷गाउँ सहर) सक्दो सहयोग गर्दै अभियान चलाउन हुन हार्दिक आग्रह गर्दछौ । सम्भव भएसम्म सधै नेपाली पोशाकमा सजिऔ, सम्भव नभए हरेक वर्ष जनवरी १ का दिन नेपाली पोशाक लगाऔ र सोसियल मिडियामार्फत नेपाली पोशाकको प्रचारप्रसार गरौं ।
यसै अभियान अन्तर्गत राजधानीको माइतीघरमा हुन गई रहेको कार्यक्रममा राष्ट्रिय पोशाक दौरा सुरुवाल अथवा नेपाली टोपी लगाएर सहभागिता जनाई दिनुहुन हार्दिक अपिल गर्दछौ ।
स्थानः माइतीघर मण्डला, काठमाडौं
मितीः १ जनवरी २०१६
समयः, बिहान ८ बजे
जागरुक युवा अभियान नेपाल
For more info: https://www.facebook.com/events/910287762395153/
Maitighar Mandala, Kathmandu, Central Region, Nepal DD/MM/YYYY
Maitighar Mandala, Kathmandu, Central Region, Nepal
Related Events
-
SAMSUNG DIGITAL PLAZA - DURBARMARG
Wed, 24 August, 2022 -
A Portrait StoryThu, 9 January, 2020 -
Trekking Tours in NepalGurgaon Haryana 122002
Sat, 23 November, 2019 -
WLS Alumni Meet & Greet: BBQ NightFri, 25 October, 2019 -
Park Bazaar presents "Dashain Market"Fri, 4 October, 2019 -
Celebrating World Tourism Day 2019Patan Museum, Patan Durbar Square ,Lalitpur, NepalFri, 27 September, 2019
Upcoming Events
-
SAMSUNG DIGITAL PLAZA - DURBARMARG
Wed, 24 August, 2022 -
Birds of Kathmandu: A webinar with Bird Conservation NepalSun, 5 July, 2020 -
Free creative story writing workshopSun, 7 June, 2020 -
Kusma Bungee JumpKusma
Sun, 12 April, 2020 -
Yoga teacher training in IndiaKranti Yoga Village Beach Resort, H. No. 135, Patnem Beach, Canacona Goa, India 403702.
Wed, 30 September, 2020 -
MahashivratriNightChapakot ,Pokhara Nepal, Unity Eco Village Chapakot Pokhara
Fri, 21 February, 2020