events > others > राष्ट्रिय बाल कविता प्रतियोगिता

Contact Event Organizer

 

राष्ट्रिय बाल कविता प्रतियोगिता
3:00 pm onward Sunday November 30, 2014
Cwish, Buddhanagar, Kathmandu, Central Region, Nepal

Ticket Information
For more details contact

०१ ४७८४५४५ (सृष्टि ढकाल, सिविस) र
०१ ४२८९१२१ (सिर्जना खडका, नेपाल एफ. एम)

Events Detail

राष्ट्रिय बाल कविता प्रतियोगिता

बाल दुर्व्यवहारविरुद्ध विश्व दिवश, अन्तर्राष्ट्रिय बालअधिकार दिवश र मानवअधिकार दिवश २०१४ को उपलक्ष्यमा नेपाल एफ.एम र सिविसको संयुक्त पहलमा आयोजित राष्ट्रिय बाल कविता प्रतियोगितामा सहभागी बनौं ।
- कविता मेरो अधिकार मेरो संरक्षण विषयमा तयार पार्नु पर्नेछ ।
- यस कविता प्रतियोगितामा १८ बर्षसम्मका बालबालिकाहरु सहभागी हुन सक्नेछन् ।
- सहभागी भाइ बहिनीले आफ्नो नाम, विद्यालय, उमेर, स्थायी ठेगाना र सम्पर्क नम्बर स्पष्ट खुलाउनु पर्नेछ ।
- कविता मौलिक, सिर्जनात्मक र आफ्नोपन झल्किने गरि तयार गरेको हुनु पर्नेछ ।
- कविता सिविस केन्द्रिय कार्यालय वुद्धनगरमा सिधै वा पोष्ट बक्स नं २१४३३, काठमाडौं वा नेपाल एफ.एमको कार्यालय र ईमेल मार्फत media@cwish.org.np मा मिती २०७१ मंसीर १४ गते सम्ममा आइपुग्ने गरि पठाइ सक्नु पर्नेछ ।
- प्राप्त कविताहरुको छनौट पश्चात उत्कृष्ट दश कविताहरु नेपाल एफ.एम. मा मंसीर २२ गते ५ बजे देखि ५ः३० सम्म प्रसारण हुने कार्यक्रम कोपीलामा वाचन गरिने छ ।
- उत्कृष्ट १० कविता आँगन पत्रिकामा प्रकाशित गरिने छ भने उत्कृष्ट ३ जनालाई नगद पुरस्कार तथा प्रमाण पत्रको व्यवस्था गरिने छ ।
थप जानकारीको लागि सम्पर्क ः
०१ ४७८४५४५ (सृष्टि ढकाल, सिविस) र
०१ ४२८९१२१ (सिर्जना खडका, नेपाल एफ. एम)
www.cwish.org.np
facebook.com/cwishnepal

For more info: https://www.facebook.com/events/539309249547296/


Comments:


Related Events

Upcoming Events

Events Calendar