events > others > love poem

Contact Event Organizer

 

Love Poem
4:00 pm Wednesday February 13, 2013 to 6:00 pm Wednesday February 13, 2013
Mahabir's Center for Nepal Connection, Kathmandu, Central Region, Nepal

Ticket Information
For more details contact

http://facebook.com/cafekavita

Events Detail

प्रेमका कविता

"प्रणय दिवसमा प्रेमका कविता"
कार्यक्रमबारे केहि जानकारी:

१ कार्यक्रम १३ फेब्रुअरी २०१३/ २०६९ फागुन ०२ गते बुधबार, अपरान्ह ४ बजेदेखि काठमाडौंको ठमेलस्थित मण्डला स्ट्रीटमा रहेको महाविर्स सेन्टर फर नेपाल कनेक्शनमा(अघिल्लो कार्यक्रम भएकै स्थान) मा हुनेछ ।
२ प्रणय दिवसको सन्दर्भ भएकाले प्रेमका कविताहरु समावेश गरिनेछ । अझ भन्नुपर्दा प्रणय दिवसको सन्दर्भ भएकैले संयोगान्त (Romantic) कविताहरुलाई प्राथमिकता दिइनेछ ।
३ 'कफि र कविता' क्याफे कविताको विशेषता हो। अनौपचारिक शैली र अनौपचारिक सहभागिता क्याफे कविताको परिचय हो ।
४ कार्यक्रममा जो पनि आउन सक्नुहुन्छ। कविता सुन्न वा सुनाउन। क्याफे कविता चल्तिका, नाम चलेका, व्यवसायिक वा कविता संग्रह निकालेका कविले मात्रै कविता सुनाउने कार्यक्रम होइन, सिकारु र नयाँ कविहरुलाई हौसला दिने मञ्च हो ।
५ कविता सुनाउने हो भने चाहिं आफ्नो नाउँ अग्रिम रुपमा लेखाउनुहोला। यसको लागि cafekavita@gmail.com मा आफ्नो नाम र फोन नम्बर इमेल गर्न सकिनेछ। वा ट्वीटरमा @CafeKavita लाई फलो गरेर DM पठाउन सक्नुहुन्छ। अथवा फेसबुकमा http://facebook.com/cafekavita लाई लाइक गरेर त्यसमा मेसेज गर्न सकिन्छ । पहिले नाम लेखाउनेलाई प्राथमिकता दिइनेछ ।
६ कार्यक्रमको आकार डेढदेखि दुई घण्टाको मात्र हुनेछ ।
७ यसपटकको 'क्याफे कविता' केहि विशेष हुनेछ... सस्पेन्सऽऽऽ :)
८ अरु कुरा कार्यक्रममा । सहभागिता निश्चित गर्नुहोला है त!
अनि फेसबुक/ट्वीटरमा हाम्रो अपडेट पनि हेर्दै गर्नुहोला।

For more info: http://www.facebook.com/events/424288634316226/


Comments:


Related Events

Upcoming Events

Events Calendar