events > training & workshop > kurakani part five with entrepreneur ganesh prasad lath

Contact Event Organizer

 

KURAKANI PART FIVE WITH ENTREPRENEUR GANESH PRASAD LATH
8:00 am onward Friday June 26, 2015
Birgunj Commerce Campus Hall, Link Road, Birgunj, Central Region, Nepal

Ticket Information
For more details contact

Sanskriti

Events Detail

KURAKANI PART FIVE WITH ENTREPRENEUR GANESH PRASAD LATH

हाम्रो मासिक वार्तालाप शृंखला कुराकानीमा हामी वृहत् क्षेत्रका विज्ञ र अभ्यासकर्ताहरूलाई आफ्नो व्यक्तिगत तथा व्यवसायिक यात्राका कथा आदान–प्रदान गर्न आमन्त्रण गर्दछौँ । यस्ता कार्यक्रमले वीरगंजका युवाहरूलाई अभिप्रेरित गर्छन, नयाँ विचार बिकास गर्न सहयोग गर्छन् र दक्ष र अनुभवी व्यक्तिहरूको जीवन संघर्षहरूबाट विविध व्यवसायबारे सोच्न र बुझ्न मद्दत गर्छन् भन्ने संस्कृतिको विश्वास छ ।

कुराकानीको पाचौँ भाग उद्यमी गणेश प्रसाद लाठसंग

मितीः शुक्रबार, असाढ ११ गते २०७२
समयः बिहान ८ बजे
स्थानः वीरगंज कर्मस क्याम्पस हल, लिंकरोड, वीरगंज
मध्यस्तकर्ताः रितेश त्रिपाठी, पत्रकार

गणेश लाठ वीरगन्जका यूवा व्यापारीमध्ये एक परिचित नाम हो । बहुआयामिक व्यक्तित्वका कारण उनी व्यापार क्षेत्रमा मात्र नभएर हास्यव्यङग्य, साहित्य र विकासका क्षेत्रमा उनको रुचीका कारण पनि बेग्लै पहिचान बनाउन सफल छन् ।

२०२१ सालमा वीरगन्जमा जन्मिएका लाठले २०४४ मा वाणिज्यमा स्नातक गरे । जीवनमा निरन्तर अध्ययन र सिक्ने व्यग्र चाहनाका कारण पचास वर्षको उमेरमा उनी अहिले पुनः विश्वविद्यालय भर्ना भएका छन् । मार्शल आर्ट्स मनपराउने लाठ आफ्नो गृह नगरमा खेलकुद प्रशिक्षण प्रतिष्ठान् स्थापना गरेर त्यसैलाई आफ्नो जीविकोपार्जन्को माध्यम बनाउने सपना देख्थे, तर त्यसले पर्याप्त आम्दानी दिलाउन सक्दैन भन्ने कुरा चाँडै बुझे र उनी पुख्र्यौली व्यापारतिरै केन्द्रित भए । औषधी पसलबाट व्यापारिक क्षेत्रमा प्रवेश गरेका केही वर्षपछि उनी बालसखाहरुसँगको संगठनबाट उद्योग क्षेत्रमा संलग्न हुन पुगे ।

रुचीका कुनै पनि विषयलाई गहिराईपूर्वक ठम्याउने र व्यवहारमा अवलम्बन गर्ने उनको शुरुदेखि कै बानी हो । आफ्नो कर्मबाट प्राप्त हुने सन्तुष्टी नै उनका लागी जीवनको सफलता हो । उनी भन्छन्, यदी तपाई आफ्नो कर्म र फलबाट सन्तुष्ट हुनुहुन्छ भने मात्र तपाई सफल हुनुहुन्छ । उनले अनुभवी र पाका मानिसहरुसँगको संगठनमा सफलताका पाँचवटा तत्वबारे बुझ्ने अवसर पाएका छन्, स्वास्थ्य, शिक्षा, उच्चा जीवनशैली, प्रतिष्ठा र सामाजिक योगदान । जीवनमा सफलताका लागी यी पाँच तत्व नै मूल साँचो हुन् ।


KURAKANI is a monthly talk series where we invite experts and practitioners from a vast range of fields to share stories of their personal and professional journeys. Sanskriti believes programs like these will help young people in Birgunj find inspiration, develop new ideas, and motivate them to imagine career opportunities through the lived experiences of others.

Kurakani Part Five with Entrepreneur Ganesh Prasad Lath

Date: Friday, 26 June 2015
Time: 8 AM
Venue: Birgunj Commerce Campus Hall, LinkRoad, Birgunj
Moderated by: Ritesh Tripathi, Journalist

Ganesh Lath is a leading entrepreneur from Birgunj; Born in 2021 in Birgunj, Lath did his graduation from commerce in 2044 and has joined the University again to complete his pending study. Fond of Martial Arts, Lath dreamt of opening a Sports Academy but very soon he realized that it will not help to manage basic needs and he jumped into business. Lath initiated his business from a Medical Shop but very soon he shifted to production business along with his child age friends.

Lath learns and applies with whatever his collides in his life, from his child age, till now. In his words, "Success means Job Satisfaction, if you are satisfied with your acts and rewards; you are successful, otherwise not. He has learnt the five factors define success rate from his elders: Health, Education, Living Standard, Reputation and Social Contribution and believes these are his real keys of success.

For more info: https://www.facebook.com/events/442982322529969/


Comments:


Related Events

Upcoming Events

Events Calendar