events > others > hami nepali

Contact Event Organizer

 

Hami Nepali
1:00 pm onward Tuesday November 10, 2015
Basantapur, Kathmandu, Central Region, Nepal

Ticket Information
For more details contact

Positive Vibes

Events Detail

Hami Nepali

यहि कार्तिक २४ गते बसन्तपुर बाट बालुवाटार सम्म दिउँस १ देखि ४ हाम्रो सरकारलाई बृहत दबाब दिन हामी नेपाली ले नै र्याली गर्दैछौँ। 

हामी नेपाली, नेपालको जुन भूगोलमा भए पनि सधैँ एक थियौं र एक नै छौँ। एउटै आमाका सन्तान हामी, घर मात्रै बेग्ला-बेग्लै छ, हाम्रो रगत एउटै हो। 

२ महिना देखि देशको एउटा भूगोल ठप्प छ भने एक महिना देखि त्यहि देशको अर्को भूगोल अस्त-व्यस्त छ। एउटा भूगोलमा स्कुल बन्द, ,बजार बन्द, कारखाना बन्द, हजारौं जनता दिन- दिनै सडकमा भने अर्कोमा स्कुल बन्द, कारखाना बन्द, हजारौं जनता पेट्रोल, डिजेल- ग्याँसको लाइनमा छन्। 

मिहेनतको काम गरि खान्छौं, हामीलाई गरि खाने वातावरण देउ सरकार । घरमा खाना पकाउने ग्याँस छैन, तेल पनि बजारमा छैन। दैनिकी चल्न धौ-धौ भैसक्यो सरकार। खालि पेट राष्ट्रियता झल्कदैन। 

सरकार तिमि तराई जाउ, हाम्रो दाजु-भाइ दिदि बहिनीलाई माया र सम्मानले सम्बोधन गर। तराईका जनताले मागेका माग हरु जायज भाको- नभाको प्रस्ट पारि देशको एउटा भू भागमा भै रहेको अस्त-व्यस्त वातावरण चाडैं रोक्न सकारात्मक र दिर्घकालिन पहल गर। हाम्रो वर्षौको मिहेनत पछि बनेको यो जनताको संबिधान लागु गरि हामीलाई सम्बृद्धि तर्फ लग। 

अर्थतन्त्र डामा -डोल भैसक्यो! तराई-पहाड-हिमाल, जहाँ भए पनि काम नगरी खान पाइंदैन !! त्यसैले मिहेनतको काम गरि खान्छौं, हामीलाई गरि खाने वातावरण देउ सरकार !

आफ्नो सरकारलाई आफैले झक-झकाउन यो हाम्रो सुरुवात। 

मिहेनतको काम गरि खान्छौं, हामीलाई गरि खाने वातावरण देउ सरकार !

यहि कार्तिक २४ गते बसन्तपुर बाट बालुवाटार सम्म दिउँस १ देखि ४ हाम्रो सरकारलाई बृहत दबाब दिन हामी नेपाली ले नै र्याली गर्दैछौँ।

For more info: https://www.facebook.com/events/858375670927174/


Comments:


Related Events

Upcoming Events

Events Calendar