Contact Event Organizer
BIA Let's Join Hands
9:00 am onward Saturday January 3, 2015
Hotel Hardik, Bagbazar, Kathmandu , Nepal
बिआईए फाउन्डेशन(www.bia-foundation.org)
होप म्यागजिन(www.hope.com.np)को सहकार्यमा
प्रस्तुत गर्दछ
बिआईए लेट्स जोइन ह्याण्डस
तपाईसँग कुनै उद्यम–व्यवसायको आयइडिया/सोच छ र व्यवसाय जगत्का दिग्गज गुरुहरुबाट सिक्नुका साथै तपाईको सोचलाई साकार रुप दिन आर्थिक सहयोग पनि चाहनुहुन्छ ? बिआईए लेट्स जोइन ह्याण्डस मा आवेदन दिनुहोस् ! तपाईको सोचलाई कार्यरुपमा बदल्न, आर्थिक लगानीको लागि मार्गप्रशस्त गर्न, उचिन प्रतिफल प्रप्त गर्न र अबको सफल व्यवसायी बन्नको लागि यो एउटा ठूलो अवसर हो । अवसर नगुमाउँनुहोस् । पौष १९ गते (जनवरी ०३) हुन गैरहेको बिआईए लेट्स जोइन ह्याण्डस का लागि आवेदन दिनुहोस् । आजै आवेदन दिनुहोस् —आवेद दिने अन्तिम मिति पौष १२, २०७१ (२७ डिसेम्बर २०१४) । क्रिपया थप जानकारीका लागि निम्न लिखित कुराहरु पढ्नुहोस्.
होप म्यागजिनको सहकार्य बिआईए लेट्स जोइन ह्याण्स जनवरी ०३, २०१५
शारीरिक अपांगता भएका व्यक्तिहरु मात्र आवेदनका लागि योग्य हुँनेछन्
नेपालमा शारीरिक अपांगता भएका व्यक्तिहरुमा उद्यमशीलतालाई टेवा दिन होप म्यागजिनको सहकार्यमा बिआईए फाउन्डेशनद्वारा सुरुवात गरिएको बिआईए लेट्स जोइन ह्याण्स एउटा नविन प्रयास हो । नेपालका व्यवसायिक सोच भएका अपांगहरुका लगि यो खुला छ । शंभवयोग्य व्यावसायिक सोच भएका छनौटमा परेका आवेदकहरु उद्यमशीलता तालिममा सहभागी हुनेछन्, व्यवसायिक सोचलाई चिखार्नका लागि मार्गदर्शन प्राप्त गर्नेछन्, र तिनका व्यवसायलाई गति दिन चहिने आर्थिक सहयोग पनि उपलब्घ गराइनेछ । क्रिपया ध्यन दिनुहोस्, सहभागी हुँदा कुनै प्रकारको शुल्क वा सहभागीले बेहोर्नुपर्ने प्रत्यक्ष खर्च यसमा लगाईएको छैन ।
बिआईए लेट्स जोइन ह्याण्समा निम्न मुख्य विषयहरु समावेश हुनेछन
१. उद्यमशीलताका दिग्गजहरुबाट व्यवसायिकता सम्बन्धि अन्तक्र्रियात्मक तालिम ।
२. व्यवसायीलाई कसरी लगानीकर्तालाई आफ्नो व्यवसायिक योजनाको बारेमा जानकारी दिने, कसरी बजारमा पहुँच कायम गर्ने र कसरी आफ्नो व्यवसायलाई अगाडि अडाउँने भन्नेमा मद्दत गर्न व्यक्तिगत तहमा प्रदान गरिने मार्गदर्शन ।
३. शंभावनायोग्य व्यावसायिक सोचलाई उपलब्ध गराइने आर्थिक सहयोग ।
कार्यक्रमका उद्देश्यहरु
१. फरक किसिमले योग्य व्यक्तिहरुको उद्यमशीलता शिल्पको पहिचान गर्नु ।
२. फरक किसिमले योग्य व्यक्तिहरुलाई तिनका व्यावसायिक सोचलाई कार्यरुपमा बदल्न अवसर प्रदान गर्नु ।
आवेदन मार्गदर्शनः
आवेदन गर्ने अन्तिम मिति: २७ डिसेम्बर २०१४ (पौष १२, २०७१)
सोच फाराम अलग्गै भर्नुहोस् अनि होप म्यागजिन, Merchandise Publication, सुविधानगर, तिनकुने, काठमाडौंमा बुझाउनुहोस् । अथवा, यदि तपाईले हामीलाई निम्न नम्बरहरुमा फोन गर्नुभयो भने हामी तापाईको सोचलाई संकलन गर्न सक्तछौं : ०१५१०४०१३, ०१५१०४०८०, ९८०२०८०८०५, ९८०२०८०८०१ ।
महत्वपूर्णः क्रिपया फाराम भर्नुअगि व्यवसाय सोच गाइडलाइन होसियारीपूर्वक पढ्नुहोस् ।
कुनै प्रश्न÷चासोका लागि सम्पर्क गर्नुहोस् bialetsjoinhands@gmail.com , अथवा फोन गर्नुहोस्ः ०१५१०४०१३, ०१५१०४०८०, ९८०२०८०८०५, ९८०२०८०८०१ ।
बिआईए फाउण्डेशन :
चोग्या रिम्पोचेद्वारा स्थापित बिआईए फाउन्डेशन (बोधिसत्व इन याक्सन) नेपाल सरकारको सम्बन्धित निकायमा ९ सेप्टेम्बर, २०१४ मा दर्ता भयो । बिआईएले हाल फरक किसिमले सक्षम नेपाली नागरिकहरु कार्यरत दुईवटा हस्तकला इन्टिच्युट सञ्चालन गर्दै आएको छ । फरक किसिमले सक्षम व्यक्तिहरुको पारस्परिक फाइदाको लागि आफ्ना कार्यहरु विस्तार गर्दै फाउण्डेशनले कार्य गर्दै आएको छ ।
सन् २००२ मा पहिलो पटक रेम्पोचे र उहाँका बुबाले काठमाण्डौमा सेशाङ अनाथालय खोल्नुभयो जसमा ५२ बालबालिकाहरुलाई आश्रय प्रदान गरियो । सोही समयदेखि रेम्पोचेले गैरनाफामूलक संस्थाहरु स्थापना गर्दैैै आउँनुभएको छ । सन् २००७ मा उहाँले निम्न आर्थिक अवस्थाका ३३ बालबालिकाहरुका लागि भारतको कालिम्पोङमा संगीत विद्यालय खोल्नुभयो । सन् २०११ म चाइनाको युशुको भूकम्प प्रभावित क्षेत्रमा २४ बालबालिकाहरुका लागि उहाँले तिब्बती स्वास्थ्य इन्स्टिच्युटको स्थापना गर्नुभयो । २०१३ मा एचआईभि भएका बाबुआमाका २७ अनाथहरुका लागि नेपालमा आश्रयस्थल स्थापनार्थ सहयोग गर्नुभयो । सन् २०१४ को मे महिनादेखि रिम्पोचे तिब्बतको सुदूरपूर्वमा अवस्थित एक गुम्बाको हेरचाह गर्दै आउनुभएको छ, जहाँ ७ जना योगीहरु ३ वर्ष, ३ महिना अवधिको ध्यान तपस्या गरिरहेका छन् । सोही वर्ष उहाँले बिआईए फाउण्डेशनको स्थापना गर्नुभयो जसमा हाल अपांग व्यक्तिहरुका लागि तीनवटा इस्टिच्युटहरु छन् । एउटा असल संसार निर्माणका लागि योगदान पुग्ने आशाले उहाँ आध्यात्मिक तथा सामाजिक क्रियाकलापहरुमा सक्रियतापूर्वक लाग्नुभएको छ । रिम्पोचेको मुख्य सिद्धान्त : “अरुलाई सहयोग गरौं—जीवन सुन्दर छ ” रहेको छ ।
होप म्यागजिन
होप म्यागजिन जीवन र समाजका विविध आयामहरुलाई सम्बोधन गर्ने अंग्रेजी भाषामा मासिक रुपमा प्रकाशित हुने पत्रिका हो । अतः यसले मानिसहरुको चासो रहने व्यक्तिगत विषय, आर्थिक र सामाजिक मुद्दाहरुलाई समेट्छ । यो एक गैरराजनीतिक र निष्पक्ष पत्रिका भएकोले नेपालमा वा देशबाहिर बस्ने नेपाली युवाहरुलाई सकारात्मकताको बारेमा वकालत गरेर प्रेरण प्रदान गर्ने कार्यमा दृढतापूर्वक लागिरहेको छ । होप एउटा सृजनात्मक संगठनका रुपमा आफ्ना पाठकहरुलाई सकारात्मक सन्देशमार्फत सुुसूचित गर्ने, प्रेरणा दिने र शिक्षित बनाउने उद्देश्य राख्दछ । साथै यसले व्यावसायिक संस्थाहरुलाई प्रवद्र्धनात्मक सन्देश तथा विज्ञापनहरुका लागि उपयुक्त माध्यम उपलब्ध गराई तिनका व्यवसायलाई नयाँ उचाइमा पुग्न मद्दत गर्दछ ।
व्यवसाय सोचका लागि गाइडलाइन-निर्देशन
निम्न लिखित निर्देशनले तपाईलाई कसरी आफ्नो व्यवसाय सोचलाई प्रस्तुत गर्ने भन्नेमा आवश्यक ज्ञान तथा तरिकाको जानकारी दिन्छ । तल दिइएका सम्पूर्ण वा धेरैजसो प्रश्नहरु÷निर्देशनहरु समावेश गर्ने प्रयास गर्नुहोस्, तर आफ्नो सोचलाई सक्दो संक्षेपमा (बढीमा १,००० शब्द) ब्यक्त गर्ने प्रयास गर्नुहोस् ।
१. परियोजनाको परिचय दिनुहोस् (छोटकरीमा)
तपाईले समाधान गर्ने ग्राहक समस्या के हो ?
कुनचहिं नयाँ बजारमा तपाई प्रवेश गर्दै हुनुहुन्छ ?
तपाईको नयाँ बजारका ग्राहक को हुन् ?
तपाईको मूल्य प्रस्ताव के हो ?
नयाँ बजार लक्ष्यहरु ?
नयाँ बजार लगानी, समयरेखा तथा प्रतिफल ?
२. ग्राहकको आवश्यकता (समस्या) के हो ?
समस्यालाई व्यावसायिक भाषामा व्यक्त गर्नुहोस्
व्यवसाय सोचसँग सम्बन्धित लागत कति हो, जोखिम, प्रतिश्पर्धात्मकता आदि ?
भैरहेका र नयाँ बजारको उपयुक्तता कसरी पुष्टि गर्नुभएको छ ?
विद्यमान बजारका समाधानहरु के के हुन् ?
आजका ग्रहकहरु के गर्दैछन् ?कठिनाई सामना गर्दैछन् कि खरिद गर्दैछन् ?
तपाईका समकक्षी÷प्रतिस्पर्धी को हुन् ? क्षत्र, अवसर ।
कदापि नभन्नुहोस् “कुनै प्रतिस्पर्धा छैन ”
३. तपाई कुन नयाँ बजारमा प्रवेश गर्दै हुनुहुन्छ ?
लक्ष्य राखिएको बजार÷क्षेत्रलाई पहिचान गराउँनुहोस्
— कुन क्षेत्रले तपाईसँग खरिद गर्दछ ?
— नयाँ बजारमा कुन क्षेत्रले खरिद गर्दछ भन्ने तपाईलाई लाग्दछ ?
ग्राहकको जनसांखिक विवरण
— हालको बजारमा
—तपाइको नयाँ बजारमा
तपाईले नयाँ बजारलाई कसरी छनौट गर्नुभयो ?
४. समाधान ( मूल्य प्रस्ताव )
ग्राहकको समस्यालाई तपाई कसरी समाधान गर्नुहुन्छ ?
तपाईको प्रस्तावको खास मूल्य
ग्राहकलाई पुग्ने फाइदा (गैरआर्थिक)
ग्राहकलाई हुने आर्थिक फाइदा (अनुमान)
५. व्यवसाय मोडेल (शुल्क योजना)
नयाँ बजारमा प्रवेश गर्दा तपाईको व्यवसायलाई पुग्ने योगदान
—जम्मा नाफ÷विक्री (नयाँ बजारमा)
— इकाइः तपाई कतिवटा विक्री गर्ने लक्ष राख्नुहुन्छ ?
कुन तहको लगानी तपाई अपेक्षा गर्नुहुन्छ ?
सुरुको विन्दुबाट उपलब्धीमा पुग्न कति समय लाग्छ ?
तपाई लगानीको निर्णय कहिले गर्नुहुन्छ ?
लगानीकर्ताको लगानी कति समयमा फिर्ता गर्नुहुन्छ ?
नयाँ बजारमा सफलता कस्तो हुन्छ ?
—कहिलेसम्ममा कति बिक्री ?
—तपाई कहिले घाटारहित अवस्थामा पुग्नुहुन्छ ?
६.आर्थिक योजना
लगानी कोष कसरी परिचालित हुनेछ ?
—मुख्य घटना÷उपलब्धी के—के हुन् ?
कहिले (कति चाडो) तपाई लगानी गर्नुहुन्छ ?
—एकै पटकमा वा चार पटकमा अथवा...?
लगानीकर्तालाई कसरी लगानी फिर्ता गर्नुहुन्छ ?
— कहिले तिर्नुहुन्छ (प्रतिफल, मुलधन...) ?
७. बजार पहुँचको माध्यम
सुरु बजार प्रवेशका लागि ?
—आनलाइन, प्रत्यक्ष, प्रतिनिधिबाट, सहकार्यकर्ता ?
सुरु बजार प्रवेशपश्चात ?
— अनलाइन, प्रत्यक्ष, प्रतिनिधिमार्फत...?
तपाईको बजार रणनीति के हो ? (प्रवद्र्धन, विज्ञापन ?)
—मौखिक माध्यमबाट, फोनबाट, विज्ञापन (कहाँ, कति खर्चमा ?)
तपाई आफ्नो वस्तु वा सेवाको मूल्य कसरी निर्धारण गर्नुहुन्छ ?
बिक्रीपछिको ग्राहक सेवा, सामान ढुवानी कसरी मिलाउँनुहुन्छ ?
८. प्रतिस्पर्धात्मक लाभ तथा आयोजना उपलब्धी
तपाईको व्यवसाय सोचका खास अथवा कुंजी पक्षहरु उल्लेख गर्नुहोस् जसले गर्दा ग्राहकहरु प्रतिस्पर्धीकोमा नगई तपाईकोमा आउँदछन् ।
व्यवसाय स्थापना गरी सञ्चालनमा आउँदासम्म कति समय र लागत लाग्दछ ?
व्यवसायका खुट्किला÷उपलव्धी के के हुन ?
हरेक खुट्किला पुरा गर्न कति रकम आवश्यक पर्दछ ?
९. मार्गचित्र
(तपाई कहाँ हुनुहुन्छ र कहाँ जाँदैहुनुहुन्छ ?)
हालसम्मका उपलब्धीहरु
हाँसिल गर्न योजना गरिएका उपलब्धीहरु
—बजार अनुसन्धान
—बजार प्रवेशको छनौट
—सुरु बजार प्रवेश
— व्यवसाय बृद्धि गर्ने निर्णय गर्नुका आधारहरु ?
सधै याद राख्नुहोस्
यो एउटा व्यवसायको बारेमा हो, कुनै काल्पनिक सोचको बारेमा होइन । त्यसकारण यो यथार्थपरक हुँनु आवश्यक छ, यद्यपि महत्वाकांक्षी भने हुँन सक्दछ ।
—अतः तपाईले आफ्नो व्यवसाय कसरी सफल हुनसक्दछ भन्नेमा ध्यान केन्द्रित गर्नु पर्दछ ।
—आफ्नो परियोजना किन व्यवसायिक महत्वको छ ? यस कुरालाई सधैं मनन गर्नुहोस् ।
व्यवसाय गर्ने मानिसहरु सामान्यतया तपाईजत्तिकै प्राविधिक दक्षता भएका हुँदैनन् । तर, उनीहरु यो जान्न चाहन्छन् कि तपाईको परियोजानाले उनीहरुको व्यवसायलाई कसरी माथि उठाउँछ, कति खर्च लाग्छ र प्रतिफल कहिलेसम्ममा प्राप्त हुन्छ ?
यो पनि नभुल्नुहोस् कि उनीहरुले तपाईको सोचलाई पहिलो पटक सुन्दैछन् । यसकारण तपाईले आफ्नो कुरा सरल, संक्षिप्त र संगठित तरिकाले व्यक्त गर्नु पर्दछ ताकिा उनीहरुले तपाईको सोचलाई ग्रहण गर्न सकुन् ।
For more info: http://facebook.com/739798532756155
Hotel Hardik, Bagbazar, Kathmandu , Nepal DD/MM/YYYY
Hotel Hardik, Bagbazar, Kathmandu , Nepal
Related Events
-
SAMSUNG DIGITAL PLAZA - DURBARMARG
Wed, 24 August, 2022 -
A Portrait StoryThu, 9 January, 2020 -
Trekking Tours in NepalGurgaon Haryana 122002
Sat, 23 November, 2019 -
WLS Alumni Meet & Greet: BBQ NightFri, 25 October, 2019 -
Park Bazaar presents "Dashain Market"Fri, 4 October, 2019 -
Celebrating World Tourism Day 2019Patan Museum, Patan Durbar Square ,Lalitpur, NepalFri, 27 September, 2019
Upcoming Events
-
SAMSUNG DIGITAL PLAZA - DURBARMARG
Wed, 24 August, 2022 -
Birds of Kathmandu: A webinar with Bird Conservation NepalSun, 5 July, 2020 -
Free creative story writing workshopSun, 7 June, 2020 -
Kusma Bungee JumpKusma
Sun, 12 April, 2020 -
Yoga teacher training in IndiaKranti Yoga Village Beach Resort, H. No. 135, Patnem Beach, Canacona Goa, India 403702.
Wed, 30 September, 2020 -
MahashivratriNightChapakot ,Pokhara Nepal, Unity Eco Village Chapakot Pokhara
Fri, 21 February, 2020